३६ अर्ब २३ करोडको कृषि बजेट ल्याउने तयारी

२४ बैशाख ७८, शुक्रबार
Share this
725shares

२४ बैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषिक्षेत्रमा ३६ अर्ब २३ करोड ४१ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्बले कम हो ।

Advertisement

गतवर्ष सरकारले कृषिक्षेत्रको कुल बजेट ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । अर्थ मन्त्रालयबाट प्राप्त सिलिङका आधारमा यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिक्षेत्रको बजेटको खाका निर्माण गर्दै छ ।

बिहीवार एशोसिएशन अफ एग्रिकल्चरल जर्नालिस्ट (अनाज) ले आयोजना गरेको ‘कोरोना महामारी र कृषि बजेट’ विषयको भर्चुअल कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा योजना शाखा प्रमुख डा. हरिबहादुर केसीले मन्त्रालयले आगामी आवका लागि ३६ अर्ब २३ करोड रुपैयाँको बजेटको खाका तयार गरिरहेको बताएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top