दाङको तुलसीपुरमा अटो एम्बुलेन्सु सेवा सुरु

दाङको तुलसीपुरमा अटो एम्बुलेन्सु सेवा सुरु

२४ बैशाख, दाङ । कोरोना सङ्क्रमित लगायत अन्य बिरामीको सेवा सहज र छरितो बनाउन दाङको तुलसीपुरमा शुक्रवार (आज) देखि सहरी क्षेत्रमा तीन पाङ्ग्रे अटो गाडीलाई एम्बुलेन्स सुरु भएको छ ।

बजार क्षेत्रमा बिरामीहरूलाई सास्ती भएको गुनासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रसँगको समन्वयमा अटो एम्बुलेन्स सन्चालनमा ल्याएको हो ।

अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु भएपछि बिरामीलाई सहज हुने उमहानगरपालिकाले विश्वास लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.