शोभाकान्त ढकाललाई ‘छाड्ने की थुन्ने’ विषयमा न्यायाधीशको राय बाझियो

शोभाकान्त ढकाललाई ‘छाड्ने की थुन्ने’ विषयमा न्यायाधीशको राय बाझियो

२४ बैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपमा थुनामा रहेका शोभाकान्त ढकालको विषयमा सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ ।

शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो ।

विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए ।

तर, अर्का न्यायाधीश डा. भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन पाएन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.