२४ बैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपमा थुनामा रहेका शोभाकान्त ढकालको विषयमा सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ ।
शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो ।
विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए ।
तर, अर्का न्यायाधीश डा. भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन पाएन ।