२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाए ।
शनिबार संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउए ।
उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए ।
उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी पनि गरे ।
“उपसभामुखको चुनाव अहिले सम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ” .“विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ ।”