२६ बैशाख, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाइएको हो ।
सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् ।
उक्त बैठकको तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका हन् ।