पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

२६ बैशाख, काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो ।

तर, परिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

रेग्मी झापा गौरादह–३ का निवासी हुन् । उनी कांग्रेस निकट मानिन्छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.