रणनीति तय गर्न जसपा शीर्ष नेता भट्टराईको निवासमा छलफल गर्दै

रणनीति तय गर्न जसपा शीर्ष नेता भट्टराईको निवासमा छलफल गर्दै

२६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखामा नेताहरु छलफलमा जुटेका हुन् ।

अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई, वरिष्ठ नेताहरु अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ अहिले छलफलमा रहेको एक नेताले जानकारी दिए ।

आइतबार मात्र ठाकुर र महतोले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ओलीसँगको भेटमा जसपाले विश्वासको मत नदिने ठाकुर र महतोले बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.