२६ बैशाख, काठमाडौं । काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति बनाउनेबारे छलफल गर्न आइतबार दिउँसो सिंहदरबारमा सांसदहरु छलफलमा जुटेका हुन् ।
सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिनबारे पनि छलफल भैरहेको एक नेताले जानकारी दिए ।
शनिबार राजधानीमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको बताउँदै विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा गर्दा उपयुक्त हुने निष्कर्षमा पुगेको थियो ।