×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

भक्तपुर प्रहरीले अस्पतालहरूलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन थाल्यो

२६ बैशाख २०७८

२६ बैशाख, भक्तपुर । भक्तपुरमा प्रहरीले अक्सिजन सिलिन्डर सङ्कलन गरी अस्पतालहरूलाई उपलब्ध गराउन थालेको छ ।

अहिलेसम्म ९५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई उपलब्ध गराएको भक्तपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले जानकारी दिए ।

Advertisement
Advertisement

प्रहरीले उद्योग, कलकारखाना, कवाडी सङ्कलन केन्द्रबाट २० थान भरिएको सहित ९५ थान ग्यास सिलिन्डर सङ्कलन गरेको हो ।

अक्सिजन अभाव भएको जानकारीका आधारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्राली कौशलटारमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० थान खाली र पाँच थान भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा तीन थान भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर वितरण गरिएको एसपी थापाले जानकारी दिए ।

Advertisement
Advertisement

अत्यावश्यक अवस्थाका लागि पाँच वटा अक्सिजनसहितको सिलिन्डर स्टकमा राखिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top