×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना सङ्क्रमण रोक्न चीनले सगरमाथाको चुचुरोमा सीमा रेखा कोर्दै

२८ बैशाख २०७८

२८ बैशाख, काठमाडौं । चीनले सगरमाथाको चुचुरोमा नेपाल र चीनबीचको सीमा विभाजन रेखा कोर्न टोलीलाई शिखरतर्फ पठाएको छ ।

नेपाल तर्फ रहेको सगरमाथाको आधारशिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि चीनले कोरोना सङ्क्रमण फैलनबाट रोक्न भन्दै सीमा रेखा कोर्नको लागि आरोहीहरुलाई पठाएको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

चीनले यस वर्ष आफ्नोतर्फबाट सगरमाथा आरोहणका लागि विदेशी आरोहीलाई अनुमति दिएको छैन । सङ्क्रमण फैलिएको जोखिमका बीच पनि नेपालले रोयल्टी उठाउन सगरमाथा आरोहणलाई अनुमति दिएको भनी आलोचना गरेको चीनले आफ्नो सीमा छुट्याउन रेखा कोर्न लागेको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

सानो आकारको चुचुरोमा चीनले कसरी सीमा रेखा कोर्छ भन्ने बारेमा भने स्पष्ट खुलाइएको छैन । चिनियाँ समाचारसंस्था सिन्ह्वाले दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने आरोहीलाई सङ्क्रमणबाट जोगाउन चीनले रेखा कोर्ने योजना बनाएको बताएको छ ।

Advertisement

रेखा कोर्नको लागि २१ जना चिनियाँ आरोहीहरु शिखरतर्फ गइरहेका छन् । शिखरमा लामो समय बस्न नसकिने भएकोले उनीहरुले त्यहीँ बसेर सीमापार गर्न रोक लगाउने सम्भावना कम रहने आरोहीहरु बताउँछन् । उनीहरुले सीमामा केही संकेत राख्ने आरोहीहरुको अनुमान् भए पनि त्यो यकिन भएको छैन ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top