सीसीएमसीले अक्सिजनको कोटा तोकिदियो, सबैभन्दा धेरै वीर अस्पताललाई

सीसीएमसीले अक्सिजनको कोटा तोकिदियो, सबैभन्दा धेरै वीर अस्पताललाई

२८ बैशाख, काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ ।

कोरोना संक्रमितको लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासोपछि सीसीएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको हो ।

सीसीएमसीको निर्देशन अनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउनेछन् ।

सीसीएमसीको निर्देशन अनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउनेछ ।
यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर पाउनेछ ।

यस्तै काठमाण्डौ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरको कोटा पाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.