×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस

२८ बैशाख २०७८

२८ वैशाख, धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सिफारिस गरिएको छ ।

सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले हाल वैशाख ३० गतेसम्म लागु हुने गरि प्रजिअबाट जारी भएको निषेधाज्ञालाई जेठ ६ गतेसम्म लम्ब्याउन सिफारिस गर्ने निर्णय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको जानकारी दिए ।

बैठकले बिहीबारदेखि लागु हुने गरि यसअघि बिहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेका अत्यावश्यक बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसाय मंगलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय समेत गरेको छ ।

वित्तिय संस्थाका सेवा पनि बन्द

कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि बिहान १० देखि दिउँसो १ बजेसम्म सञ्चालन भइरहेका बैँक तथा वित्तिय संघसंस्थालाई समेत बन्द गर्ने निर्णय गरेको छ । तर राजश्व दाखिला र सरकारी कारोवारमा भने रोक लगाइने छैन ।

Advertisement
Advertisement

बैँक तथा वित्तीय संस्थाहरुलाई अत्यावश्यक भुक्तानीका लागि एटीएम र विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top