बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी

बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक जारी छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो साढे ३ बजेदेखि बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधिलगायतका शिर्षनेता सहभागी छन् ।

नयाँ सरकारका विषयमा छलफल गर्न बैठक बसेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.