लुम्बिनी प्रादेशिक अस्पतालमा थप ५ कोरोना संक्रमितको मृत्यु

२९ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै ज्यान गएको हो ।

मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६ः३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७ः५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५ः५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।

यस्तै बुटवल–६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ ७ बजे मृत्यु भएको उनले जानकारी दिए ।

डा. गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको गुनासो गरे ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top