२९ बैशाख, काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् ।
आन्तरिक सहमतिअनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकमा उनीहरुले राजीनामा दिएको स्रोतले बतायो ।
उनीहरु दुबै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
रिक्त भएको पदमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनाको नाम सिफारिस गरेका छन् ।
सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्रीको जिम्मेवारी दिइने तयारी भएको स्रोतले बतायो । उनीहरुको आजै सपथ कार्यक्रम रहेको छ ।
उनीहरु दुवै जना माओवादी केन्द्रका हुन्। रूकुमका शर्मा नेता जनार्दन शर्माका भाइ हुन्।