अलपत्र स्वास्थ्य सामग्री हवाई ढुवानी गर्न कांग्रेसको माग

अलपत्र स्वास्थ्य सामग्री हवाई ढुवानी गर्न कांग्रेसको माग

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य सामग्रीको हवाई ढुवानीको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य सामग्रीको हवाई ढुवानीको प्रबन्ध गरेर ढुवानीमा सहजीकरण गर्न माग गरेको हो ।

स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीले खरिद गरेका सामान जहाज अभावका कारण अलपत्र परेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

खाँडले कोभिड उपचारमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई ध्यान दिन आग्रह गरेका छन् ।

‘स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजहाजको अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन्’, विज्ञप्तिमा भनिएको छ,‘गम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवम् सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.