नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

३० वैशाख, काठमाडौं ।
नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार पार्टी एकताको भावनालाई ध्यानमा राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.