बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

३० बैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

उहाँहरूबीच व्यवसायी रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.