×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

३० बैशाख २०७८

३० बैशाख, काठमाडौं । नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ ।

सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले पुष्टि गरेको छ ।

Advertisement
Advertisement

कोरोनाको यो भेरियन्ट निकै छिटो सर्ने कारणले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्नुका साथै मृत्युदरसमेत वृद्धि हुने प्रक्षेपण गरिएको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नागरिकको जीवन रक्षार्थ जिम्मेवारीपूर्ण क्रियाशील रहेको छ । हाल ३० हजार अतिरिक्त सिलिण्डरको आवश्यकता टड्कारो रूपमा देखापरेको छ ।

यो कोरोना भेरियन्टबाट प्रभावित आम नागरिकको जीवन रक्षार्थ अक्सिजन मुलुकमा उत्पादित भए पनि मुख्यरुपमा सिलिन्डरको अभावले गम्भीर समस्या उत्पन्न भएको समय र सन्दर्भमा मित्रराष्ट्र चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको दुई हजार थान अक्सिजन सिलिन्डरमध्ये राज्यअधिनस्थ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यही वैशाख २८ गते आफ्नो जहाजको क्षमता बमोजिम ४०० थान सिलिन्डर चार्टर्ड उडानमार्फत ल्याइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा निगमले बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन पुनः चीनको राजधानी बेइजिङ उडान पठाइने भएको छ ।

निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार तालुक पर्यटन मन्त्रालयबाट बुधबार निगमलाई प्राप्त निर्देशन बमोजिम निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका सम्बन्धित उच्च व्यवस्थापनले उच्च सक्रियताका लागि आन्तरिक गृहकार्य सम्पन्न गरेको छ ।

प्रवक्ता श्रेष्ठले निगमको वाइडबडी जहाज ए–३३० उडान नम्बर आरए ४२५१ उक्त खाली अक्सिजन सिलिन्डर लिन मे १५, १६, १७ र १८ तारिखमा बेइजिङ नेपाली समय तालिकाअनुसार राति ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारी रहेको जानकारी दिइन् ।

Advertisement

काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ । यसैगरी निगमको जहाज कल साइन आरए ५२५२ बाट मे १६, १७, १८ र १९ तारिखमा ६ः२० को उडान यात्रा पूरा गरी उक्त सामग्री नेपाल ल्याउने योजना निगमको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top