ओलीले चार नेतालाई पठाए यस्तो पत्र

ओलीले चार नेतालाई पठाए यस्तो पत्र

३०  बैशाख, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जानकारी गराएका छन् ।

ओलीले बिहिबार दिउँसो चारै नेतालाई कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

एमालेले गत चैत १६ गते नेता नेपाल र रावललाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते भुसाल र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई पार्टीले निलम्बन गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.