‘ताउ ते’ आँधीको जोखिम बढेपछि भारतका केही ठाउँमा उच्च सतर्कता

२ जेष्ठ,  एजेन्सी । दक्षिण पूर्वी अरब सागरमा बनेको (ताउ ते) आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।

Advertisement

भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ ।

यो आँधीका कारण एक सय ५० देखि एक सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा रहेको खबरमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top