एमाले विवाद मिलाउन ५-५ जनाको वार्ता टोली गठन

एमाले विवाद मिलाउन ५-५ जनाको वार्ता टोली गठन

२ जेठ, काठमाडौं ।

नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५÷५ नेता रहेको कार्यदल बनाएको हो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.