काठमाडौं महानगरले भन्यो- ‘जेठ २० भित्र परीक्षा लिइसक्नू’

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूलाई जेठ २० गते भित्र परीक्षा लिइसक्न निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर महानगरभित्रका विद्यालयहरूलाई परीक्षा लिइसक्न निर्देशन दिएको हो ।

विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top