×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

‘एन्टिभाइरल थेरापी’ जसले बचाउन सक्छ संक्रमितको ज्यान

५ जेष्ठ २०७८

५ जेष्ठ, एजेन्सी ।
अस्ट्रेलिया तथा अमेरिकाका संयुक्त अनुसन्धानकर्ताको एक टोलीले ‘एन्टिभाइरल थेरापी’को विकास गरेका छन् ।

जसले सङ्क्रमित मुसामा रहेको ९९.९ प्रतिशत कोरोना भाइरसलाई मारेको छ। अस्ट्रेलियाको क्वीन्सल्याण्डस्थित ग्रिफिथ युनिभरसिटीका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक नाइजेल म्याकमिलनले यो पद्दतिलाई ‘सिक एण्ड डेस्ट्रोय मिसन’ का रूपमा व्याख्या गरे जहाँ थेरापीले अनुवांशिक रूपमै कोरोना भाइरसलाई लक्षित गर्दछ।

ग्रिफिथ युनिभरसिटीको ‘मेन्जिज हेल्थ इन्सिटच्युट’ र अमेरिकाको क्यान्सर, डाइबिटिज र अन्य प्राणघातक रोगहरूको अनुसन्धान गर्ने संस्था ‘सिटी अफ होप’ का संयुक्त अन्तर्राष्ट्रिय सोधकर्ताहरूको टोलीले गत वर्षको अप्रिलदेखि सो अनुसन्धानको थालनी गरेका थिए।

‘मलिकुलर थेरापी’ नामक जर्नलमा प्रकाशित सो अनुसन्धानले ‘जिन साइलेन्सिङ आरएनए टेक्नोलोजी’को प्रयोग गर्दै भाइरस जिनोमलाई सिधै आक्रमण गर्ने विधि प्रयोग गरेको छ।

‘यसले जिनोमलाई तहसनस पारिदिन्छ र त्यसपछि भाइरस फेरि फैलिन पाउँदैन । त्यसैले हामीले नानोपार्टिकल इन्जेक्ट गर्छौं र त्यसले ‘हिट सिकिङ मिसाइल’लेजस्तै भाइरसलाई खोज्दै मार्ने काम गर्छ’, प्राध्यापक म्याकमिलनले भने ‘यसलाई पहिलोपटक हामीले पार्टिकलका रूपमा प्याकेज गरेर रगतका माध्यमद्वारा पठाएर भाइरसलाई आक्रमण गर्न सफल भएका छौँ।’

यो विधिले जीवन बचाउन सक्छ
प्राध्यापक म्याकमिलनले यो थेरापी कोरोना निको पार्ने उपचार पद्दति नभए पनि यसले फोक्सोमा भाइरसको सङ्ख्या ९९.९ प्रतिशतले कम गराउने हुनाले यो उपचारजत्तिकै उपयोगी भएको कुरा उल्लेख गरे।

‘यो थेरापी आइसियुमा भएका बिरामीहरूका लागि लाभदायक हुन सक्छ जहाँ खोप लगाउन ढिला भइसकेको हुन्छ’, उनले भने ।

प्राध्यापक म्याकमिलनले जानामिभिर र रेमडेसिभिरजस्ता परम्परागत एन्टिभाइरलले लक्षणहरूको कमी गर्नुका साथै छिटो निको पार्न मद्दत गर्ने बताउँदै अमेरिकी प्रमुख स्वास्थ्य सल्लाहकार एनथोनी फाउचीले कोरोना भाइरसविरुद्ध खोपहरू विकास भए पनि हालसम्म सिधा चिकित्सकीय विधि वा उपचार नभएको बताएको पनि जिकिर गरे।

‘यो इन्जेक्सनको रूपमा प्रत्येक दिन आइसियुमा रहेका बिरामीलाई चार वा पाँच दिनसम्म लगातार दिन वा भर्खरै सङ्क्रमित भएकालाई एउटै इन्जेक्सनका रूपमा दिन सकिन्छ’, प्राध्यापक म्याकमिलनले भने।

साथै उनले यो उपचारविधि आगामी चरणको क्लिनिकल परीक्षणको नतिजाका आधारमा सन् २०२३ सम्म उपलब्ध हुन सक्ने कुरा पनि बताए।

सिटी अफ होप र ग्रिफिथ विश्वविद्यालयका सहअनुसन्धानकर्ता प्राध्यापक केभिन मोरिसले यो पद्दतिले सार्स भाइरसहरू सार्स–कोभ–१ र सार्स–कोभ–२ लाई लक्षित गर्ने र भाइरसको जिनोममा संरक्षित राख्ने हुँदा भविष्यका भेरिएन्टलाई पनि लक्षित गर्न सक्ने बताए।

‘यो नानोपार्टिकलहरू ४ डिग्री सेल्सियसको तापक्रममा १२ महिनासम्म र सामान्य ‘रुम’ तापक्रममा एक महिनाभन्दा बढी स्थिर देखिएको छ’, प्राध्यापक म्याकमिलनले भने ।

‘यी नानोपार्टिकलहरू कम पैसामा नै ठूलो मात्रामा उत्पादन गर्न सकिनेछ’, प्राध्यापक मोरिसले भने।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top