अफगानिस्तानमा दुई सेना र सत्र तालिबानी लडाकू मारिए

५ जेठ, एजेन्सी ।

अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् ।

गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए ।

त्यस आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । त्यस क्रममा अरु केही अफगान सैनिक घाइते पनि भएका सो प्रान्तका एक अधिरकारीले जानकारी दिएका थिए ।

सो आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । त्यस क्रममा राति दोहोरो भिडन्त पनि भएको थियो ।

त्यस भिडन्तमा परेर अरु केही तालिबानी लडाकूहरु घाइते पनि भएका बताइएको छ । त्यस्तै अर्को बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबानी लडाकू मारिएका छन् ।

सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका विरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ ।

बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । त्यस कारबाहीमा परी अरु चार जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ ।

उक्त क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top