ट्रम्पको कम्पनीमाथि फौजदारी अनुसन्धान सुरु

FILE - In this Dec. 12, 2020, file photo President Donald Trump walks on the South Lawn of the White House in Washington before boarding Marine One. Unemployment benefits for millions of Americans struggling to make ends meet were set to lapse at midnight Saturday night unless Trump signed an end-of-year COVID relief and spending bill that had been considered a done deal before his sudden objections. (AP Photo/Patrick Semansky, File)

५ जेठ, एजेन्सी ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान अब देवानीमा सीमित नरही फौजदारी भएको छ ।

सम्भावित फौजदारी अपराधलाई लिएर पनि ट्रम्प अर्गनाइजेशनमाथि अनुसन्धान थालिएकोे न्यूयोर्ककको महान्यायाधीवक्ताको कार्यालयले बताएको हो ।

राज्यकी महान्यायाधीवक्ता लेटिशिया जेम्सका प्रवक्ताले ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान पूर्ण रुपमा देवानीमा मात्रै सिमित नरहेको स्पष्ट गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूयोर्ककी महान्यायाधीवक्ता जेम्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको संस्थाले राष्ट्रपति बन्नु पूर्व गरेका आर्थिक गतिविधिमाथि छानबिन गरिरहेका छन् ।

ट्रम्पले कुनै पनि गलत काम नगरेको भन्दै आफूमाथि भइरहेको अनुसन्धान पूर्ण रुपमा राजनीतिक रहेको प्रतिक्रिया दिनु भएको छ । ट्रम्प अर्गनाइजेशनमाथि देवानी प्रकृतिको अनुसन्धान सन् २०१९ को मार्चमा सुरु भएको हो ।

ट्रम्पले बैंकहरुबाट ऋण लिने प्रयोजनका लागि आफ्नो सम्पत्तीको मूल्यांकन भए भन्दा अधिक देखाएको आरोप छ ।

न्यूयोर्ककको महान्यायाधीवक्ता कार्यालयले ट्रम्प अर्गनाइजेशनका म्यानहटन, न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका कार्यलयबाट कागजातहरु पनि माग गरेको छ ।