नयाँ सरकार गठन गर्न राष्ट्रपतिले गरेको आह्वानविपरीत सर्वोच्चमा ६ रिट पेश

Share this
737shares

७ जेष्ठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।

Advertisement

अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

अधिवक्ता शाहीले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रकृयामा पठाएको बताए।

Advertisement

’प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै मैले रिट दर्ताका लागि पेश गरेको छु। सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको छ,’ उनले भने।

संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ।

Advertisement

’नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन सक्दैन,’ उनले भने,’राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना गर्नुभएको छैन भन्ने कुरा पनि मेरो रिटमा उल्लेख छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top