जेठ ८ र ९ गतेलाई बोलाइएको जसपाको कार्यकारिणी बैठक ठाकुरद्वारा एकतर्फी रुपमा स्थगित

जेठ ८ र ९ गतेलाई बोलाइएको जसपाको कार्यकारिणी बैठक ठाकुरद्वारा एकतर्फी रुपमा स्थगित

७ जेष्ठ, काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेका छन्।

ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको बताएका हुन्। विज्ञप्ति अनुसार कोभिड–१९ को कारण बैठक स्थगित गरिएको हो।

यसअघि ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा बैठक बोलाइएको थियो। जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो।

जसपाको कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.