विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न बानेश्वर पुगे नेपाल पक्षका यी १८ सांसद

विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न बानेश्वर पुगे नेपाल पक्षका यी १८ सांसद

९ जेठ, काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारी भइरहेका बेला नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसद नागरिकतासहित बानेश्वर पुगेका छन्।

नेपाल पक्षका १८ जना सांसदहरु बानेश्वर आइपुगिसकेका छन् । बाँकी सांसदहरु आउने क्रम जारी रहेको एक नेताले जानकारी दिए ।

अहिलेसम्म जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैरू, सोमप्रसाद पाण्डेय, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, भवानीप्रसाद खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ बानेश्वर पुगिसकेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.