×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

कोरोना फैलिनु अघि नै चिनियाँ ल्याबका शोधकर्ता बिरामी परेको अमेरिकी दाबी

१० जेष्ठ २०७८

१० जेष्ठ, एजेन्सी ।

विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको अमेरिकाले दाबी गरेको छ।

Advertisement

त्यहाँको एक खुफिया प्रतिवेदनलाई आधार बनाउँदै वालस्ट्रीट जर्नलले यस्तो दाबीसहित खबर सार्वजनिक गरेको हो।
अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए।

कोरोना भाइरसको महामारी सुरु भएको वुहानको ल्याबका ती तीन अनुसन्धानकर्ताले बिरामी परेपछि अस्पतालको सहायता माग गरेका थिए।

कोरोना भाइरसको महामारी सुरु भएको समय पनि लगभग त्यहि आसपास थियो। उनीहरुमा कोरोना भाइरस र मौसमी फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएको प्रतिवेदनमा उल्लेख छ।

भाइरस वुहानको प्रयोगशाला (ल्याब) बाट चुहावट भएको भन्ने केहीको आरोप रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेका बेला अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख जानकारी थाहा भएको हो।

विश्व स्वास्थ्य संगठनको पहलमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनको प्रारम्भीक नतिजामा कोरोना भाइरस प्रयोगशालामा विकास भएको वा त्यहाँबाट चुहावट भएको भन्ने दाबीमा तथ्य नरहेको उल्लेख गरिएको छ।

तर थप स्पष्ट हुनका लागि बिस्तारित अध्ययनको खाँचो रहेको उनीहरुले बताएका छन्। यसै सन्दर्भमा डब्लुएचओको बैठकमा छलफल हुँदैछ। त्यसको पूर्व सन्ध्यामा अमेरिकी गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक भएको हो।

यसले चीनको ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने सम्भावनाका सम्बन्धमा बिस्तारित र सघन अध्ययनका लागि थप दबाब बढाएको छ।

डब्लुएचओको अन्तर्राष्ट्रिय टिमले कोरोना भाइरसको उत्पति भएको क्षेत्रबारे अघिल्लो चरणो अध्ययनको तयारी गरेको छ। अहिलेसम्मका अध्ययन तथा त्यसबाट जुटेका प्रमाण अनुसार कोरोना भाइरसको संक्रमण चीनको वुहान स्थित समुद्री जीवहरुको मासु बजारबाट मानिसमा सरेको हुन सक्ने देखिएको छ।

तर यकिन हुन थप अध्ययनको खाँचो रहेको डब्लुएचओले बताउँदै आएको छ। ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने सम्भावना अहिलेसम्म प्राप्त प्रमाणहरुबाट नदेखिने पनि अध्ययनकर्ताहरुले बताएका छन्।

Advertisement

तर अझै पनि केही राष्ट्र तथा पक्षहरुले चीनको ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने आशंका गर्दै आएका छन्।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top