संसद् विघटनविरुद्धको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरे

१० जेठ ७८, सोमबार
Share this
715shares

१० जेठ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ताका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

२३ जना सांसदको हस्ताक्षरसहित आफूहरू सर्वोच्च अदालतमा आइपुगेको र हस्ताक्षर गर्ने एमालेका सांसद अझै थपिने खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले बताए ।

Advertisement

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावललगायत नेता उभिएका हुन् ।

संविधानको धारा ७६ को उपधारा (५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने उनीहरूको माग छ । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए ।

Advertisement

संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेताले संयुक्त रूपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लागेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top