“नागरिकता अध्यादेश ल्याउनु दूषित मनसाय”

९ जेठ ७८, सोमबार

१० जेठ, काठमाडौं ।

विवेकशील साझा पार्टीले नागरिकताजस्तो गम्भीर विषय संसद् छलेर कुनै दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेशबाट ल्याइनु गलत भएको बताएको छ ।

प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा अध्यादेशले केही महत्वपूर्ण विषयलाई सकारात्मक रुपमा सम्बोधन गरे पनि त्यसको प्रक्रिया र उद्देश्य गलत भएको उल्लेख गरिएको छ ।

Advertisement

‘नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर अमुक दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु पूर्णतः कुत्सित र दूषित मनसायबाट प्रेरित देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि जन्मिएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत हुने भन्दै विवेकशील साझा पार्टीले ये व्यवस्थाको स्वागत गरेको छ ।

Advertisement

तर नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनले तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे ती पुरुषले नागरिकता लिन कठिन हुने प्रावधान विभेदकारी रहेको विवेकशील साझा पार्टीले बताएको छ ।

‘पुरुष र महिला दुवै समान अधिकारको हकदार छन्। अध्यादेश त्यसमा चुकेको छ’ प्रवक्ता पाठकले भनेका छन् ।

नेपालीसँग विवाह गर्ने पुरुष या महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनुअगाडि संविधानका अन्य सर्तहरू पूरा गर्नुका साथै ७ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्ने विवेकशील साझा पार्टीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top