×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित

१० जेष्ठ २०७८

१० जेठ, काठमाडौं ।

कोभिड १९ (कोरोना भाइरस) को रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको बताए ।

यस्तै उनले कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न देशबाट सहयोग आउने क्रम चलिरहेको बताए ।

मन्त्री त्रिपाठीका अनुसार अमेरिका, स्पेन, स्विट्जरल्यान्ड, चीनलगायत देशबाट दुई अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । यस्तै निःशुल्क परीक्षण तथा उपचार, स्वास्थ्यकर्मीको भत्तालगायतमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।

खोप कार्यक्रम र हाई डिपेन्डेसी युनिटका लागि दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।

यस्तै उनले मानिसको ओहोरदोहोर नरोकिँदा र केही कार्यालय सञ्चालन भइरहेकाले सोचे जति कोरोना रोकथाम नभएको स्वीकार गर्नुभयो । स्वास्थ्य मन्त्री त्रिपाठीले आउँदो चार हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर क्रमशः घट्दै जाने अवस्था देखिएको पनि बताए ।

उनका अनुसार एक हप्तायता औसतमा दैनिक आठ हजार जना नयाँ सङ्क्रमित थपिने गरेका छन् । आज देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना रोकथाम तथा बिरामीको उपचारका लागि भेन्टिलेटर र अक्सिजन सिलिन्डर थपेको र फेरि थप्दै जाने बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top