‘संविधान र सर्वोच्च अदालतको आदेशानुसार नागरिकता अध्यादेश’

१० जेठ, काठमाडौँ ।

महान्यायायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताएका छन् ।

आफ्नो कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे ।

Advertisement

“महान्यायाविधक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”,उनले भने, “संविधान र सर्वोच्च अदालतका धेरै आदेश छन्, त्यसको कार्यान्वयनका लागि अध्यादेश ल्याउनुपरेको हो ।”

उनले यससम्बन्धी विधेयक २०७५ साल साउन २२ गते संसद्मा प्रवेश भएर रहँदा संविधान र अदालतको आदेश कार्यान्वयनमा कठिनाइ भएकाले अध्यादेशमार्फत ल्याउनुपरेको स्पष्ट पारे ।

“नागरिकतासम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात गरिएको छैन, संविधानमा भएको व्यवस्था जस्ताको जस्तै मान्नुपर्ने हुन्छ”, सरकारका कानूनी सल्लाहकारले थपे,

“ संविधान कार्यान्वयनबाहेक तलमाथि केही पनि फरक पारिएको छैन ।” उनका अनुसार देशभर जन्मसिद्धका आधारमा ७७ जिल्लामा एक लाख ९० हजार ७०२ ले नागरिकता प्राप्त गरेका थिए । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने छन् ।

“मेरो बुबाको नागरिकता जन्मसिद्धको आधारमा थियो, शुरुशुरुमा जन्मसिद्धकै आधारमा नागरिकता दिने चलन रैछ”, उनले आफ्ना पिताको नागरिकताबारे जानकारी दिँदै भने,

“पहिलेपहिले वंशजका आधारमा नागरिकता दिने प्रचलन नै थिएन, तर अहिले वंशज र अंगीकृत नागरिकताको व्यवस्था छ, जन्मसिद्धलाई वंंशजको दिने व्यवस्था मात्र गरिएको हो ।”

सर्वोच्च अदाललले नागरिकतासम्बन्धी २० परमादेश जारी गरेको छ । नेपालको संविधानको धारा ११ को उपधारा (५) मा नेपालकी नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने तर बाबु विदेशी भएका ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानूनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ भन्ने व्यवस्था छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top