११ जेष्ठ, एजेन्सी ।
अफ्रिकी देश मालीमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सेनाद्वारा नियन्त्रणमा लिइएका राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल रिहाइको माग गरेको छ।
राजधानी बामाको नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनलाई नियन्त्रणमा लिएका हुन्। संयुक्त राष्ट्रसंघीय मिसनले दुवै पक्षलाई शान्त रहन अपील समेत गरेको छ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिइएको खबरसँगै मालीमा वर्षदिन भित्रै दोस्रोपटक सैन्य कू को भय बढाएको छ। ९ महिना पहिले मालीमा सैन्य कू भएको थियो।
रक्षा मन्त्रीलाई पनि बन्धक बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अफ्रिकन युनियन, इकोनोमिक कम्युनिटी अफ वेष्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकासहितले घटनाको निन्दा गरेका छन्।