रोकिएका सबै परीक्षाहरु वैकल्पिक विधिबाट लिन त्रिविको आग्रह

रोकिएका सबै परीक्षाहरु वैकल्पिक विधिबाट लिन त्रिविको आग्रह

११ जेष्ठ, विराटनगर ।
त्रिभूवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका वा हुन नसकेका परीक्षाहरु वैकल्पिक विधिबाट लिन सम्बन्धित सबैमा आग्रह गरेको छ।

विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले सोमबार विज्ञप्ति निकालेर कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिवेशमा शैक्षिक गतिविधिमा असर नपार्नका लागि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत सुचारु भएका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न तथा रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई आग्रह गर्दछु।’

विद्यार्थीहरुलाई तत्काल आ–आफ्नो विभाग, क्याम्पस, स्कूल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि उपकुलपछि वास्कोटाले आग्रह गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण त्रिभूवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर, स्नातकसहित विभिन्न तहका परीक्षा रोकिएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.