×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुकुम पूर्वमा यार्सा सङ्कलनमा रोक

११ जेष्ठ २०७८

११ जेठ, रुकुम ।

जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ ।

Advertisement
Advertisement

कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए ।

कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा सङ्कलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोटि खोसिएको छ ।

रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट शुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ ।

डिभिजन वन कार्यालय रुकुम (पूर्व)ले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा सङ्कलनको पुर्जी दिइसकेको छ । दुई साता अगाडि नै सात किलोको सङ्कलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए ।

Advertisement

त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा सङ्कलन पुर्जी नदिएको मैनालीले बताए । गत वर्ष र यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउँदा विशेष गरी पुथाउत्तरगङ्गा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top