श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला बंगलादेशलाई

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

Advertisement

घरेलु टिम बंगलादेशले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला जितेको छ ।

ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डकवर्थ लुइसका आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै बंगलादेशले श्रृंखला जितेको हो ।

Advertisement

श्रीलंकाले २ सय ४७ रनको लक्ष्य पछ्याइरहँदा पानी परे पछि खेल प्रभावित भएको थियो ।

वर्षाले खेल रोकिएपछि डकवर्थ लुइसका आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो ।

Advertisement

तर, उसले ४० ओभरमा ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो । पहिलो खेलमा पनि बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल भने पर्सि हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top