×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन

१३ जेष्ठ २०७८

१३ जेष्ठ, म्याग्दी । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ ।

जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

Advertisement
Advertisement

काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो ।

म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएका हुन् ।

यसका साथै उनले व्यक्तिगत रूपमा रु. एक लाख खर्चेर आवश्यक निर्माण सामग्रीको जोहो गरी हावाबाट बिजुली उत्पादन गरेको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अँध्यारो हुँदा निकै असजिलो महसुस हुने गथ्र्यो ।

कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत् उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइदिएपछि बेलुकी पख शीतल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

यसअघि बेनी तथा अन्य ठाउँबाट पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक श्रेष्ठका अनुसार सात वटा बल्ब बाल्न सक्ने क्षमता भए पनि अहिले चार वटा बल्ब मात्र बाल्न सकिएको छ ।

सात वटा बल्ब बाल्ने क्षमताको उत्पादनका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने श्रेष्ठले बताए । उनले भने, निषेधज्ञाका कारण तत्काल टर्वाइन र पोल ल्याउन सक्ने अवस्था छैन, तर स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि सातैवटा बल्ब बाल्न सकिन्छ । ’

Advertisement

श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ । (रासस)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top