विघटित संसद्का सभामुख सापकोटाले संविधानविद्हरूसँग परामर्श गर्दै

विघटित संसद्का सभामुख सापकोटाले संविधानविद्हरूसँग परामर्श गर्दै

१३ जेष्ठ, काठमाडौँ । विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे छलफल गर्न दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा सभामुखले संविधानविद्हरूलाई डाकेको सचिवालयले जनाएको छ।

कानुन तथा न्यायिक क्षेत्रका विज्ञहरूलाई सभामुखले डाकेको उनको प्रेस संयोजक श्रीधर न्यौपानले जनाए।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको टिप्पणी गर्दै आएका छन्।

बुधबार सापकोटाले पूर्वसभामुखहरूसँग समेत छलफल गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.