×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृह मन्त्रालयले भन्यो– ‘स्वास्थ्यकर्मीमाथि कुटपिट, दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ’

१४ जेष्ठ २०७८

१४ जेठ, काठमाडौं ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । शुक्रवार (आज) विज्ञप्ति निकालेर मन्त्रालयले कुटपिटमा संलग्न जो कोहीलाई पनि कारबाही हुने जनाएको हो ।

Advertisement
Advertisement

कोभिड–१९ महामारीको यो बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय काम भएको भन्दै छानबिनका क्रममा दोषी पाइएकालाई कारबाही हुने विज्ञप्तिमा भनिएको छ । यसअघि आजै स्वास्थ्य मन्त्रालयले घटनामा संलग्नलाई कारबाही गर्न अपिल गरेको थियो ।

बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

यस्तै घटनाको विरोधमा डाक्टर तथा स्वास्थ्यकर्मीले शुक्रवार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top