×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चार पूर्वप्रधानन्यायाधीशको संयुक्त विज्ञप्ति : संविधान नै समाप्त हुने खतरा बढेर गयो

१४ जेष्ठ २०७८

१४ जेठ, काठमाडौं ।

चार पूर्वप्रधान्यायाधीशले संविधान नै समाप्त हुने खतरा बढेर गएको निष्कर्ष निकालेका छन् ।

Advertisement
Advertisement

पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटनलगायत संविधान विपरीतका अभ्यासले संविधान नै समाप्त हुने खतरा रहेको निष्कर्ष सार्वजनिक गरेका हुन् ।

कोरोना महामारीका बेला नागरिकको दैनिकी सहज बनाउनुपर्ने समयमा संविधानको धारा ७६ प्रयोगमा भएका गलत अभ्यासले संविधान नै समाप्त हुने खतरा बढेको उनीहरूको भनाइ छ ।

प्रतिनिधि सभाको विघटन असंवैधानिक रहेको यसअघिको सर्वोच्च अदालतको फैसलाको मर्म र भावना विपरीत फेरि दोस्रो पटक संसद् विघटन भएकोसमेत उनीहरूको तर्क छ ।

नेपालको संविधान २०७२ जारी भएपछि संसद् दिगो भइ राजनीतिक स्थायित्व आउने, संसद्कै विधायकी प्रक्रियाबाट ऐनहरू बन्ने र देशको आवश्यकता र आकाङ्क्षा प्रतिविम्बित हुने बजेट निर्माण गरी संसदबाटै व्यापक छलफल भइ पारित गरी नागरिकको आकाङ्क्षाअनुसार शान्ति, समृद्धि र न्याय स्थापित हुने अपेक्षा गरिएको भए पनि त्यसअनुसार हुन नसकेको उनीहरूले बताएका छन् ।

अदालतबाट संविधानको धारा ७६ को अधिनमा रही प्रतिनिधि सभाबाट सरकार गठन हुन सक्ने सम्भावना रहेसम्म प्रतिनिधि सभा विघटन गर्न नमिल्ने सिद्धान्त स्पष्ट रूपमा प्रतिपादन भइसकेको समेत प्रधानन्यायाधीशहरूले भनेका छन् ।

Advertisement

अहिलेको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि संविधानको धारा ७६ को ३ अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त भएकाले धारा ७६ को उपधारा ४ अनुसार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने अनिवार्य सर्त रहेकोमा त्यो सर्त पूरा गर्न नसकेपछि पदमा रही रहन संविधान अनुकूल नहुने संयुक्त विज्ञप्तिमा भनिएको छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top