१५ जेठ, काठमाडौं ।
नेकपा एमालेको नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकार अस्विकार गर्न खोज्दा खिलराज रेग्मी जन्मिने टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री पोखरेलले संविधानतः मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो ’खिलराज रेग्मी’ जन्मिने टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन गरी राष्ट्रपतिले चुनाव घोषणा गरेको अवस्थामा पोखरेलको सो भनाई आएको हो ।
‘संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो ’खिलराज रेग्मी’ जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै ।’ पोखरेलले फेसबुकमा लेखेका छन् ।