विराट व्यापार संघद्धारा आयोजित खुल्ला रक्तदानमा ४७ पिन्ट रगत संकलन

किशोर विश्वकर्मा
विराटनगर, असार १२
विराट व्यापार संघ केन्द्रीय कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको छ । संघको १८ औँ स्थापना दिवसका अबसरमा विराटनगरमा भैरहेको रगतको अभाव पूर्ती गर्ने उदेश्यले ब्लक बैंक विराटनगरको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ४७ जनाले रक्तदान गरेका हुन् ।

दिवसकै अबसरमा संघले रामलाल गोल्छा आँखा अस्पताल र न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क मधुमेह तथा आँखा शिविर समेत आयोजना गरेको छ ।

Advertisement

शिविरमा १ सय १० जनाले मधुमेह तथा ७५ जनाले आँखा परिक्षण गराएको विराट व्यापार संघका उपाध्यक्ष जितेन्द्र गोल्छाले जानकारी दिए । शिविरको उद्घाटन सांसद मोति दुगडले गरेका थिए । रक्तदान तथा शिविरमा विराट व्यापार संघका पूर्व अध्यक्ष यादव पोखरेल, अध्यक्ष शिव रिजाल लगायत उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top