×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई खोप दिने भारतको लक्ष्य

१८ जेष्ठ २०७८

१८ जेठ, एजेन्सी ।

भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।

कोरोनाविरुद्धको खोपका लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै उत्पादन भएको २५ करोड खोप उपलब्ध हुन सक्ने बताउनु भएको छ ।

यही जुन महिनाको अन्त्यसम्ममा सिरम इन्स्टिच्युट अफ इण्डियाले खोप उत्पादन ५० प्रतिशतले बढाउने तयारी गरेको उनले बताएका छन् ।

यसपछि खोप उत्पादक कम्पनीले प्रतिमहिना १० देखि १२ करोड खोप उत्पादन गर्न सक्ने उनको भनाइलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै, विदेशी कम्पनीका फाइजर र मोडर्नासँगै रुसको स्पुतनिक ’भी’ पनि आपूर्ति गरिने हुँदा आउँदो अगस्टसम्ममा भारतमा २० देखि २५ करोड डोज खोप उपलब्ध हुने खबरमा उल्लेख गरिएको छ । केही दिनयता भारतमा कोरोना भाइरसको सङ्क्रमणदर घट्दै गएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top