१८ जेष्ठ, एजेन्सी ।
पेरुमा कोभिड–१९ का कारण हुने मृत्युदर पर क्यापिटाका हिसाबमा विश्वकै सबैभन्दा धेरै भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या यसअघि भनिए भन्दा दोब्बर बढि देखिएको छ । पेरुमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ हजार ३४२ बाट बढेर एक लाख ८० हजार ७६४ पुगेको हो ।
पेरु तथा अन्तर्राष्ट्रिय विज्ञको सल्लाह एवम् पुनर्मूल्यांकनबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरिएका पेरुका प्रधानमन्त्री भिओलेता बेर्मुडेजले बताएका छन् ।
जनतालाई सुसूचित गर्नु पर्ने जिम्मेवारी सरकारको रहेकाले तथ्यांक अध्यावधिक गरिएको छ ।
ल्याटिन अमेरिकामा पेरु कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढि प्रभावित देश मध्येमा पर्छ । कमजोर स्वास्थ्य प्रणाली तथा अक्सिजन ग्यासको अभावका कारण उपचार प्रभावित भएको छ ।
पेरुको छिमेकी देश कोलम्बियामा ८८ हजार २८२, बोलिभियामा १४ हजार भन्दा धेरै तथा ब्राजिलमा चार लाख ६० हजार भन्दा धेरैको ज्यान गएको छ ।
पेरुमा रहेक एक लाखमा पाँच सय भन्दा धेरैको कोभिडका कारण ज्यान गएको छ । यसअघि परक्यापिटा मृत्युमा हंगेरी विश्वको पहिलो नम्बरमा थियो । त्यहाँ हरेक एक लाखमा ३०० जनाको मृत्यु कोभिडका कारण भएको तथ्यांक छ ।