स्वास्थ्य मन्त्रालयको निर्देशन – सबै अस्पतालले ७ दिनभित्र उपचार शुल्क सूची सार्वजनिक गर्नू

स्वास्थ्य मन्त्रालयको निर्देशन – सबै अस्पतालले ७ दिनभित्र उपचार शुल्क सूची सार्वजनिक गर्नू

१८ जेठ, काठमाडौं ।

सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्कसहितको मुल्य सूची आफ्नो वेभसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न भनिएको छ ।

उक्त विवरण वेभसाइड तथा सूचना पाटीमा राखी सो जानकारी स्वास्थ्य संस्था ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले अनुरोध गरेको छ।

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.