भर्चुअल भेलामा सुरेन्द्र पाण्डेले भने – इमान्दार प्रयत्नमा छौं, ‘शंका’को दृष्टिले नहेरियोस्

२० जेठ, काठमाडौं ।

Advertisement

नेकपा एमालेका माधवकुमार नेपाल पक्षका वार्ता टोलीका सदस्यले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको बताएका छन् । नेता सुरेन्द्र पाण्डेले ‘शंका’को दृष्टिले नहेर्न, नलिन आग्रह गरेका छन् ।

भर्चुअल माध्यमबाट भएको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

Advertisement

‘हामीले कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ । पार्टी एकता जोगिन्छ भनेर वार्ता गरेका हौँ । यो प्रयास केवल देखाउनका लागि नभएर हाम्रोतर्फबाट इमान्दार प्रयास पनि हो ।’ सुरेन्द्र पाण्डेको भनाई उदृत गर्दै एक नेताले भने,‘ ‘शंका’को दृष्टिले नहेरियोस्, नलिईयोस् ।’

उनले नेता नेपालसँग परामर्श लिएर ओली पक्षीयसँग छलफल गरेको बताए । ‘हामीले माधव कमरेडसँग छलफल गरेर नै, सबैकुरा जानकारी गराएर नै गरेका हौँ । एकता बच्छ भने पहल किन नगर्ने त भन्ने हाम्रो प्रश्न हो ।’ पाण्डेले भने ।

Advertisement

नेपाल पक्षले पार्टी एकता, विवाद र पछिल्लो घटनाप्रति छलफल गर्न भर्चुअल भेला बोलाइएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top