२२ जेठ, काठमाडौं ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा हुन सक्ने विपद् न्यूनीकरणका लागि पूर्व तयारी थालेको जनाएको छ ।विपद जोखिमको सामना गर्न पूर्वतयारी गरिरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले यसपालिको बर्खामा हुन सक्ने बाढी पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि केन्द्रदेखि पालिकासम्म छलफल गरेर तयारी थालेको बताए ।
विपद व्यवस्थापन गर्ने पहिलो पक्ष स्थानीय सरकार भएकोले पालिकाहरुले विपद्पूर्वको काम गरिरहेका प्रमुख पोखरेलले बताए ।
विपदमा उद्धारमा खटिनेहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जानकारी दिए । यसपालिको बर्खामा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।