२३ जेठ, काठमाडौँ ।
स्विडेनले अर्मेनियामाथि जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो ।
खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट स्विडेनले सुरुवाती अग्रता लिएको थियो ।
३४औं मिनेटमा मार्कुस डानिल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको ३८ औं मिनेटमा गोलको अवसर पाएपनि स्विडेनका सेबास्टियन लार्सेन पेनाल्टीमा चुके ।
त्यसपछि खेलको ६४औं मिनेटमा अर्मेनियाका भाहन विचाकच्यानले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
८५औं मिनेटमा मार्कुस वर्गले गोल गर्दै स्वीडेनको ३–१को जित पक्का गरे । युरोकप फुटबलको तयारीमा हाल मैत्रीपूर्ण खेल भैरहेका छन् ।